जिल्ला समन्वय समिति बागलुङका प्रमुख श्री अमर बहादुर थापाज्यू को पद बहाली कार्यक्रम सम्पन्न ।

जिल्ला समन्वय समितिका नव निर्वाचित प्रमुख श्री अमर वहादुर थापा ज्यूको पद बहाली कार्यक्रम एक कार्यक्रमका विच जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न् भएको छ । जिल्ला समन्वय अधिकारी श्री कृष्ण राज गौतमले स्वागत गर्नु भएको सो कार्यक्रममा जिल्लाका क्रियाशिल राजनैतिक दलको तर्फबाट नेकपा एमालेका अध्यक्ष श्री हिरा बहादुर के.सी.,नेपाली काँग्रेसका प्रतिनिधि श्री जगन्नाथ आचार्य, नेकपा माओवादी केन्द्रका श्री चन्द्र वहादुर थापा, नेकपा एकिकृत समाजवादीका अध्यक्ष श्री लाल वहादुर थापा, जनता समाजवादीका श्री ज्ञानु थापा, राष्ट्रिय जनमोर्चाका सचिव श्री भिमलाल पोखरेल र राष्ट्रिय भूमि आयोग बागलुङका अध्यक्ष श्री धर्म वहादुर कुंवरले वोल्नु भएको थियो भने सो कार्यक्रमको संचालन जिल्ला समन्वय समितिको कार्यालयका शाखा अधिकृत श्री नारायण कार्कीले गर्नु भएको थियो ।

Skip to toolbar