सूचनाको हक सम्वन्धी ऐन २०६४ को दफा ५ को उपदफा (३) र नियमावलीको नियम ३ बमोजिम २०७९ माघ-चैत्र को सार्वजनिक गरिएको विवरण स्वतःप्रकाशन । सूचनाको हक सम्वन्धी ऐन २०६४ को दफा ५ को उपदफा (३) र नियमावलीको नियम (३) बमोजिम कार्तिक-पुष महिनाको सार्वजनिक गरिएको विवरण स्वतःप्रकाशन बागलुङ जिल्लाका स्थानीयतहहरुको स्थानीयतह वित्तिय सुशासन जोखिम मूल्याङ्कन FRA को नतिजा । सूचनाको हक सम्वन्धी ऐन २०६४ को दफा ५ को उपदफा ३ र नियमावलीको नियम ३ बमोजिम २०७९ श्रावण-असोज को सार्वजनिक गरिएको विवरण । जागरुक उपभोक्ता,जिम्मेवार बिक्रेता अभियान । निर्वाचन आयोगको स्थानीयतह निर्वाचन, २०७९ को नगर कार्यपालिका,गाउँकार्यपालिका र जिल्ला समन्वय समितिमा उम्मेदवार भई कानूनले तोकेको समयावधि ३० (तिस) दिन भित्र निर्वाचन खर्चको विवरण पेश गर्ने उम्मेदवारहरुले खर्चको विवरण सार्वजनिक गर्ने सम्वन्धि अत्यन्त जरुरी सूचना ।। जिल्ला समन्वय समिति बागलुङले आ.ब.०७८/०७९ को बार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । आ.ब.२०७९/०८० को जिल्ला दररेट । जिल्ला समन्वय समिति बागलुङका प्रमुख श्री अमर बहादुर थापाज्यू को पद बहाली कार्यक्रम सम्पन्न । स्थानीयतह निर्वाचन २०७९ पश्चात प्रथम जिल्ला सभा बैठक २०७९/०२/२४ मा सम्पन्न ।

जिल्ला समन्वय समिति बागलुङले आ.ब.०७८/०७९ को बार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्ला समन्वय समिति बागलुङको आयोजनामा मा जिल्ला स्थित स्थानीयतहहरु,सरकारी कार्यालयहरु र गैर सरकारी संस्थाहरु विच आ.ब.२०७८/२०७९ मा भए गरेका योजना तथा कार्यक्रमहरुको बार्षिक प्रगति समिक्षा गोष्ठी मिति २०७९/०५/०८ र ०९ गते दुुई दिन जिल्ला समन्वय समिति बागलुङको सभाहलमा सम्पन्न भएको छ । समिक्षा गोष्ठी जिल्ला समन्वय समिति बागलुङका प्रमुख श्री अमर बहादुर थापाको अध्यक्षता,माननिय शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल ज्यूको प्रमुख आतिथ्यता र प्रदेश सभा सदस्यहरु मा.खिम विक्रम शाही र पियारी थापाको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो । सो कार्यक्रममा जिल्ला स्थित स्थानीय तह विकास निर्माण संग सम्वन्धित सरकारी कार्यालयहरु र गैर सरकारी संस्थाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला स्थित स्थानीयतहहरु,सरकारी कार्यालयहरु र गैर सरकारी संस्थाहरुले आ.ब.२०७८/२०७९ मा भए गरेका योजना तथा कार्यक्रमहरुको प्रस्तुतिकरण गरेका थिए । प्रस्तुतिकरण पछि सहभागिहरुको जिज्ञासाहरुको जवाफ सम्वन्धित कार्यालय र संस्थाहरुले दिनुका साथै विकास निर्माणलाई प्रभावकारी बनाउन घनिभुत रुपमा छलफल भएको थियो । गोष्ठीको उद्घाटन सत्रमा प्रमख जिल्ला अधिकारी श्री रमेश ढकाल,प्रदेश सभा सदस्य मा. खिम विक्रम शाही बलावति शर्मा र प्रमुख अतिथि मा.शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बोल्नु भएको थियो । गोष्ठी जिल्ला समन्वय समिति बागलुङका उप- प्रमुख श्री होम नाथ शर्माको स्वागत, जिल्ला समन्वय अधिकारी श्री कृष्ण राज गौतमको प्रस्तुतिकरण र शाखा अधिकृत श्री नारायण कार्कीको संचालनमा सम्पन्न भएको थियो ।

Skip to toolbar