सूचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ५ (३) र नियमावलीको नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण स्वतःप्रकाशन जिल्ला समन्वय समिति र संघीय तथा प्रदेश कार्यालय बीच समन्वय बैठक सम्पन्न । जिल्ला समन्वय समिति र गैरसरकारी संस्थाहरु बीच समन्वय बैठक सम्पन्न । बार्षिक समिक्षा गोष्ठी २०८० सम्पन्न । सूचनाको हक सम्वन्धी ऐन २०६४ को दफा ५ को उपदफा(३) र नियमावलीको नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण स्वतःप्रकासन । जिल्ला दररेट २०८०/०८१ बागलुङ जिल्लाको दोस्रो जिल्ला सभा सम्पन्न । दोस्रो जिल्ला सभा बैठकका निर्णयहरु । सूचनाको हक सम्वन्धी ऐन २०६४ को दफा ५ को उपदफा (३) र नियमावलीको नियम ३ बमोजिम २०७९ माघ-चैत्र को सार्वजनिक गरिएको विवरण स्वतःप्रकाशन । सूचनाको हक सम्वन्धी ऐन २०६४ को दफा ५ को उपदफा (३) र नियमावलीको नियम (३) बमोजिम कार्तिक-पुष महिनाको सार्वजनिक गरिएको विवरण स्वतःप्रकाशन

जिल्ला समन्वय समिति र संघीय तथा प्रदेश कार्यालय बीच समन्वय बैठक सम्पन्न ।

मिति २०८०/०६/१८ गते जिल्ला समन्वय समिति र संघीय तथा प्रदेश कार्यालयहरु बीच समन्वय बैठक सम्पन्न भएको छ । जिल्ला समन्वय समिति बागलुङका प्रमुख श्री अमर बहादुर थापाज्यूको अध्यक्षतामा भएको बैठकमा विकास निर्माण संग सम्वन्धित १६ वटा संघीय र प्रदेश कार्यालयहरुले चालु आ.ब.०८१/०८२ को योजना तथा कार्यक्रमको विवरण हाल सम्मको प्रगतिको अवस्था, समस्याहरुका वारेमा प्रस्तुतिकरण गरी बिभिन्न १० वटा निर्णयहरु भएका थिए । बैठकमा जिल्ला समन्वय अधिकारी कृष्णराज गौतमले स्वागत उद्धेश्य माथि प्रकास पार्नुका साथै कानुनि व्यवस्था र छलफलका विषयवस्तुहरुका वारेमा प्रस्तुतिकरण गर्नु भएको कार्यक्रममा प्रमुख जिल्ला अधिाकारी खगेन्द्र प्रसाद रिजाल उप प्रमुख होमनाथ शर्माले मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन सुचना अधिकारी दुर्गा प्रसाद शर्माले गर्नु भएको थियो । बैठकले गरेका निर्णयहरुः
निर्णय नं.१
जिल्लास्थित संघ र प्रदेश कार्यालयहरुबाट यस बागलुङ जिल्लामा चालु आ.व.०८०/०८१ मा सञ्चालन गरिने योजना तथा कार्यक्रमहरु, बजेट विनियोजन र हालसम्मको प्रगति तथा कार्यान्वयनको अवस्थाका सम्बन्धमा जानकारी भई छलफल भयो ।
निर्णय नं.२
सम्पूर्ण प्रदेश तथा संघीय कार्यालयहरुबाट चालु आ.व.०८०/०८१ मा सञ्चालित बहुवर्षीय बाहेकका योजना तथा कार्यक्रमहरुलाई गुणस्तरीयता र दिगोपनाको सुनिश्चितता सहित समयमै सम्पन्न गर्न (जेठ मसान्तसम्म सम्पन्न हुने गरी ) कार्ययोजना र कार्यतालिका बनाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने ।
निर्णय नं. ३
कार्यक्रम तथा योजनाहरुको योजनागत रुपमा सूचनामूलक होर्डिङ बोर्ड राख्ने र समय समयमा सार्वजनिक सुनुवाई तथा प्रगति समीक्षा गरी सुशासन र पारदर्शिता कायम राख्ने व्यवस्था मिलाउने ।
निर्णय नं.४
कार्यान्वयन गर्नुपूर्व योजना तथा कार्यक्रमहरुको विवरण सम्बन्धित स्थानीय तह र जिल्ला समन्वय समितिमा उपलब्ध गराउने ।
निर्णय नं. ५
सडक लगायत अन्य पूर्वाधारका योजनाहरुको निर्माण तथा मर्मत सम्भारको कार्यहरु गर्दा साविकमा रहेका खानेपानी मुहान, धारा, पाइप लाईन,सिँचाई कुलो, पोखरी जस्ता संरचनाहरुमा क्षति नपुग्ने गरी गर्ने र क्षति पुग्न गएमा सोही योजना अन्तर्गत पुनःनिर्माण तथा मर्मत सम्भार गर्ने व्यवस्था मिलाउने ।
निर्णय नं. ६
निर्माण कार्य सम्पन्न भएका तथा निर्माणाधीन अवस्थामा रहेका तर वर्षात का कारण क्षती पुग्न गई अवरुद्ध हुन गएका सडकहरु विजया दशमीभन्दा अगावै सम्बन्धित कार्यालय/आयोजनाबाट मर्मत सम्भार गरी सुचारु गर्ने व्यवस्था मिलाउने ।
निर्णय नं. ७
संघीय तथा प्रदेश कार्यालयहरुबाट ठेक्का लगाई निर्माण व्यवसायीको ढिलासुस्ती तथा अन्य कुनै कारणबाट समयमा सम्पन्न हुन नसकी रुग्ण अवस्थामा रहेका सडक, पुल, भवन लगायतका आयोजनाहरुलाई यसै आर्थिक वर्षमा सम्पन्न गर्नका लागि सम्बन्धित कार्यालय/आयोजनाबाट आवश्यक पहल गर्ने ।
निर्णय नं. ८
जिल्लाका केही स्थानहरुमा हालसम्म पनि विद्युतको केन्द्रीय प्रशासण लाइन नपुगेकाले विद्युतको केन्द्रीय प्रशारण लाइन विस्तारका लागि नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले पहल गर्ने ।
निर्णय नं. ९
पुष्पलाल मध्यपहाडी लोकमार्गको गल्कोट नगरपालिका वडा नं.११ अन्तर्गत मनेवामा दरमखोला हाइड्रो पावरले सडकको मापदण्ड विपरित सडक अतिक्रमण गरेकोले सवारी साधन आवत जावतमा कठिनाई उत्पन्न हुनुका साथै सडक दुर्घटनाको उच्च जोखिम रहेको र अन्य स्थानहरुमा समेत सडक अतिक्रमण गरी अस्थायी तथा स्थायी संरचना समेत निर्माण गरिरहेको भन्ने जनगुनासो आएकाले सडक अतिक्रमण हटाई सडक सुचारु राख्ने व्यवस्था पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले मिलाउने।
निर्णय नं. १०
योजना तथा कार्यक्रमहरुको गुणस्तरीयता कायम राख्न र समयमै कार्यान्वयन गर्नका लागि सम्बन्धित कार्यालय, स्थानीयतह, जिल्ला समन्वय समिति समेतबाट संयुक्त रुपमा अनुगमन गर्ने व्यवस्था सम्बन्धित कार्यालयहरुले मिलाउने ।

Skip to toolbar