बागलुङ जिल्लाको दोस्रो जिल्ला सभा २०८०/०२/२२ गते सम्पन्न भएको छ । जिल्ला समन्वय समिति बागलुङका प्रमख श्री अमर बहादुर थापाको अध्यक्षतामा बसेको दोस्रो जिल्ला सभा बैठकले विभिन्न १४ वटा प्रस्ताव माथि छलफल गरी समसामयिक विषयका २० वटा निर्णय गर्दै जिल्ला सभा सम्पन्न भएको हो । जिल्ला समन्वय समितिबागलुङ का प्रमुख श्री अमर बहादुर थापाले पानसमा वत्ति बाली उद्घाटन गर्नु भएको जिल्ला सभाको संचालन जिल्ला समन्वय अधिकारी कृष्णराज गौतमले गर्नु भएको थियो ।