बार्षिक समिक्षा गोष्ठी २०८० सम्पन्न । सूचनाको हक सम्वन्धी ऐन २०६४ को दफा ५ को उपदफा(३) र नियमावलीको नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण स्वतःप्रकासन । जिल्ला दररेट २०८०/०८१ बागलुङ जिल्लाको दोस्रो जिल्ला सभा सम्पन्न । दोस्रो जिल्ला सभा बैठकका निर्णयहरु । सूचनाको हक सम्वन्धी ऐन २०६४ को दफा ५ को उपदफा (३) र नियमावलीको नियम ३ बमोजिम २०७९ माघ-चैत्र को सार्वजनिक गरिएको विवरण स्वतःप्रकाशन । सूचनाको हक सम्वन्धी ऐन २०६४ को दफा ५ को उपदफा (३) र नियमावलीको नियम (३) बमोजिम कार्तिक-पुष महिनाको सार्वजनिक गरिएको विवरण स्वतःप्रकाशन बागलुङ जिल्लाका स्थानीयतहहरुको स्थानीयतह वित्तिय सुशासन जोखिम मूल्याङ्कन FRA को नतिजा । सूचनाको हक सम्वन्धी ऐन २०६४ को दफा ५ को उपदफा ३ र नियमावलीको नियम ३ बमोजिम २०७९ श्रावण-असोज को सार्वजनिक गरिएको विवरण । जागरुक उपभोक्ता,जिम्मेवार बिक्रेता अभियान ।

बार्षिक समिक्षा गोष्ठी २०८० सम्पन्न ।

जिल्ला समन्वय समिति बागलुङले आ.ब.०७९/०८० मा विकास निर्माण संग सम्वन्धित संघीय, प्रदेश कार्यालयहरु र गैर सरकारी संघ संस्थाहरुले गरेको योजना तथा कार्यक्रमहरु र सेवा प्रवाह सम्वन्धमा गरेका कार्यको वार्षिक प्रगति समिक्षा कार्यक्रम २०८०/५/१८ र १९ गते सम्पन्न गरेको छ । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ९२ ञ मा जिल्ला भित्रको विकास तथा निर्माणलाई प्रभावकारी बनाउन वर्षमा कम्तिमा १ पटक बार्षिक समिक्षा कार्यक्रम आयोजना गरी जिल्ला बाट संघीय संसद र प्रदेश सभामा प्रतिनिधित्व गर्ने माननिय सदस्यहरुलाई आमन्त्रण गरी सुझाव लिने भन्ने व्यवस्था बमोजिम समिक्षा गोष्ठिको आयोजना गरि सम्पन्न भएको हो । गोष्ठी लगातार २ दिन सम्म चलेको थियो । गोष्ठीमा १० वटै स्थानीयतह, विकास निर्माण संग सम्वन्धित संघीय तथा प्रदेश कार्यालयहरु र गैर सरकारी संस्थाहरुले गत आ.ब.मा संचालन गरेका सेवा प्रवाह, योजना तथा कार्यक्रमहरुको प्रस्तुतिकरण गरेका थिए साथै सेवा प्रवाहमा आइ परेका समस्या, सुझाव, असल अभ्यासहरुको वारेमा समेत छलफल भएको थियो । समिक्षा गोष्ठीले आगामी दिनमा योजना निर्माण, योजना तथा कार्यक्रम संचालन र सेवा प्रवाहमा थप प्रभावकारीता ल्याउने विश्वास गरिएको छ । उक्त कार्यक्रममा १० वटा पालिका,१६ वटा कार्यालय र ६ वटा गैरसरकारी संघ संस्थाको प्रस्तुतिकरण रहेको थियो । कार्यक्रम जिल्ला समन्वय समिति बागलुङका प्रमुख श्री अमर बहादुर थापाको अध्यक्षता पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा संघीय सांसद देवेन्द्र पौडेलको प्रमुख आथित्यता, उपप्रमुख होमनाथ शर्माको स्वागत, जिल्ला समन्वय अधिकारी कृष्णराज गौतमको प्रस्तुतिकरण र सुचना अधिकारी दुर्गा प्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा गण्डकी प्रदेश सभाका ९ जना माननिय सांसदहरुको सहभागिता रहेको थियो ।

Skip to toolbar