सूचनाको हक सम्वन्धी ऐन २०६४ को दफा ५ को उपदफा (३) र नियमावलीको नियम ३ बमोजिम २०७९ माघ-चैत्र को सार्वजनिक गरिएको विवरण स्वतःप्रकाशन । सूचनाको हक सम्वन्धी ऐन २०६४ को दफा ५ को उपदफा (३) र नियमावलीको नियम (३) बमोजिम कार्तिक-पुष महिनाको सार्वजनिक गरिएको विवरण स्वतःप्रकाशन बागलुङ जिल्लाका स्थानीयतहहरुको स्थानीयतह वित्तिय सुशासन जोखिम मूल्याङ्कन FRA को नतिजा । सूचनाको हक सम्वन्धी ऐन २०६४ को दफा ५ को उपदफा ३ र नियमावलीको नियम ३ बमोजिम २०७९ श्रावण-असोज को सार्वजनिक गरिएको विवरण । जागरुक उपभोक्ता,जिम्मेवार बिक्रेता अभियान । निर्वाचन आयोगको स्थानीयतह निर्वाचन, २०७९ को नगर कार्यपालिका,गाउँकार्यपालिका र जिल्ला समन्वय समितिमा उम्मेदवार भई कानूनले तोकेको समयावधि ३० (तिस) दिन भित्र निर्वाचन खर्चको विवरण पेश गर्ने उम्मेदवारहरुले खर्चको विवरण सार्वजनिक गर्ने सम्वन्धि अत्यन्त जरुरी सूचना ।। जिल्ला समन्वय समिति बागलुङले आ.ब.०७८/०७९ को बार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । आ.ब.२०७९/०८० को जिल्ला दररेट । जिल्ला समन्वय समिति बागलुङका प्रमुख श्री अमर बहादुर थापाज्यू को पद बहाली कार्यक्रम सम्पन्न । स्थानीयतह निर्वाचन २०७९ पश्चात प्रथम जिल्ला सभा बैठक २०७९/०२/२४ मा सम्पन्न ।

स्थानीयतह निर्वाचन २०७९ पश्चात प्रथम जिल्ला सभा बैठक २०७९/०२/२४ मा सम्पन्न ।

स्थानीयतह निर्वाचन २०७९ पश्चात २०७९/०२/२४ गते बागलुङ जिल्ला सभाको प्रथम बैठक सम्पन्न भएको छ । जिल्ला सभाको प्रथम बैठक सभाका जेष्ठ सदस्य एवं गल्कोट नगरपालिकाका नगर प्रमुख भरत शर्माको अध्यक्षता र जिल्ला समन्वय अधिकारी कृष्णराज गौतमको संचालन मा सम्पन्न भएको थियो । सभामा स्वागत निवर्तमान उपप्रमुख विष्णु प्रसाद भुसालले गर्नु भएको थियो । सभाले स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत २०७९/०१/३० गते गाउँपालिका र नगरपालिकाको निर्वाचनमा उत्साहका साथ सहभागी भै निर्वाचित गराउने सम्पूर्ण मतदाता तथा निर्वाचन सम्पन्न गराउन सहयोग पुराउने सम्पुर्ण राष्ट्रसेवक कर्मचारी लगायत सुरक्षाकर्मीहरुलाई धन्यावाद दिनुका साथै नेपालको संविधान २०७२ को धारा २२० को उपधारा ३ बमोजिम जिल्ला समन्वय समितिमा हुने प्रमुख उपप्रमुख महिला सदस्य र दलित वा अल्पसंख्यक समुदायबाट प्रतिनिधित्व हुने सदस्य संख्या बाहेक अन्य बढिमा ३ जना सदस्य समेत गरी कुल ९ सदस्य संख्या रहने गरी संख्या निर्धारण गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने निर्णय गरेको थियो । जिल्ला सभा बैठकमा निवर्तमान प्रमुख राजेन्द्र ढुङ्गानाले मन्तव्य राख्नु भएको थियो ।

Skip to toolbar