बागलुङ जिल्ला सभाको तेस्रो बैठक सम्पन्न । सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५ को उपदफा (३) र नियमावलीको नियम ३ बमोजिम सार्वजनिक गरिएको बिवरण स्वतःप्रकाशन । सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५ को उपदफा ३ र नियमावलीको नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण स्वतःप्रकाशन । स्थानीय तहहरुको प्रथम चौमासिक समिक्षा एवं समन्वय बैठक सम्पन्न । सूचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ५ (३) र नियमावलीको नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण स्वतःप्रकाशन जिल्ला समन्वय समिति र संघीय तथा प्रदेश कार्यालय बीच समन्वय बैठक सम्पन्न । जिल्ला समन्वय समिति र गैरसरकारी संस्थाहरु बीच समन्वय बैठक सम्पन्न । बार्षिक समिक्षा गोष्ठी २०८० सम्पन्न । सूचनाको हक सम्वन्धी ऐन २०६४ को दफा ५ को उपदफा(३) र नियमावलीको नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण स्वतःप्रकासन । जिल्ला दररेट २०८०/०८१

स्थानीय तहहरुको प्रथम चौमासिक समिक्षा एवं समन्वय बैठक सम्पन्न ।

स्थानीय तहहरुको प्रथम चौमासिक समिक्षा एवं समन्वय बैठक मिति २०८०/०८/१४ गते एक कार्यक्रमका बीच सम्पन्न भएको छ । जिल्ला समन्वय समिति बागलुङका प्रमुख श्री अमर बहादुर थापाज्यूको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय अधिकारी श्री कृष्णराज गौतमले चालु आ.ब.को प्रथम चौमासिक सम्ममा जिल्ला समन्वय समितिले गरेका कार्य प्रगतिका बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो । उक्त कार्यक्रममा जिल्लाका १० वटै स्थानीयतहहरुका प्रमुख प्रशासकीय अधिकृतहरुले चालु आ.ब.को प्रथम चौमासिक सम्मको कार्य प्रगति, सुझाव तथा जिल्ला समन्वय समितिसंगको अपेक्षाका बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो । जिल्ला समन्वय समितिका उपप्रमुख श्री होमनाथ शर्माले स्वागत गर्नु भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख श्री अमर बहादुर थापाले स्थानीय तहहरुबाट प्राप्त भएका सुझाव एवं अपेक्षा बमोजिम जिल्ला समन्वय समितिले कार्ययोजना बनाई कार्य अगाडी बढाउने बताउनु भएको थियो । कार्यक्रम जिल्ला समन्वय समितिको कार्यालयका सूचना अधिकारी श्री दुर्गा प्रसाद शर्माको संचालनमा समसामयिक विभिन्न १० वटा निर्णय गर्दै सम्पन्न भएको थियो ।

Skip to toolbar