सूचनाको हक सम्वन्धी ऐन २०६४ को दफा ५ को उपदफा ३ र नियमावलीको नियम ३ बमोजिम २०७९ श्रावण-असोज को सार्वजनिक गरिएको विवरण । जागरुक उपभोक्ता,जिम्मेवार बिक्रेता अभियान । निर्वाचन आयोगको स्थानीयतह निर्वाचन, २०७९ को नगर कार्यपालिका,गाउँकार्यपालिका र जिल्ला समन्वय समितिमा उम्मेदवार भई कानूनले तोकेको समयावधि ३० (तिस) दिन भित्र निर्वाचन खर्चको विवरण पेश गर्ने उम्मेदवारहरुले खर्चको विवरण सार्वजनिक गर्ने सम्वन्धि अत्यन्त जरुरी सूचना ।। जिल्ला समन्वय समिति बागलुङले आ.ब.०७८/०७९ को बार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । सूचनाको हक सम्वन्धी ऐन २०६४ को दफा ५ को उपदफा (३) र नियमावलीको नियम ३ बमोजिम २०७९ वैशाख-असार महिनाको सार्वजनिक गरिएको विवरण स्वतः प्रकाशन । आ.ब.२०७९/०८० को जिल्ला दररेट । जिल्ला समन्वय समिति बागलुङका प्रमुख श्री अमर बहादुर थापाज्यू को पद बहाली कार्यक्रम सम्पन्न । स्थानीयतह निर्वाचन २०७९ पश्चात प्रथम जिल्ला सभा बैठक २०७९/०२/२४ मा सम्पन्न । जिल्ला समन्वय समिति बागलुङले १० वटै पालिकाको अनुगमन गर्दा पालिकाहरुबाट संघीय सरकार र प्रदेश सरकार संग राखेका अपेक्षाहरुको विवरण पठाएको । सूचनाको हक सम्वन्धी ऐन २०६४ को दफा ५ को उपदफा ३ र नियमावलीको नियम ३ बमोजिम २०७८ माघ-चैत्र महिनाको सार्वजनिक गरिएको विवरण स्वतःप्रकासन ।

संक्षिप्त परिचय

नेपाल भित्रको सानो नेपाल नामले परिचित बागलुङ जिल्ला पश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने प्राकृतिक रुपले चिटिक्क परेको सुन्दर पहाडी जिल्ला हो । पूर्वमा पर्वत, पश्चिममा रुकुम र रोल्पा, उत्तरमा म्याग्दी तथा दक्षिणमा गुल्मी र प्यूठानसँग सिमा जोडिएको यस जिल्लाको क्षेत्रफल १ हजार ७ सय ८४ वर्ग किमि छ । ३ संसदिय राजनीतिक क्षेत्र, १३ इलाका र ५९ गाविस रहेको बागलुङको एक मात्र नगरपालिका बागलुङ नगरपालिका हो । बागलुङ बजार जिल्लाको मात्र सदरमुकाम नभएर धौलागिरी अञ्चलकै सदरमुकामका रुपमा स्थापित छ । बाहुन र क्षेत्री जातीको बाहुल्यता रहेको यस जिल्लामा मगर, कामी, सार्की, दमाई, नेवार, गुरुङ्ग र थकाली लगायतका जातीको बसोबास छ ।
झोलुङ्गे पुलको जिल्लाका रुपमा पनि जिल्लाले अर्को चिनारी बनाएको छ । अधिकाशं पहाडी भुभागमा पर्ने यो क्षेत्रको नामाकरणको पनि रोचक प्रसंङ्ग छ । एक कहावत कुनै समय यस क्षेत्रमा बाघको संख्या बढी भएको र बाघहरु हिड्दा पनि ताँती लागेर हिड्ने भएकाले जनजीवन भयभित भएको थियो । भयावहबाट मुक्ति पाउन स्थानिय मगराती जातीमा ब्याक्तिहरुको सक्रियतामा बाघ छेद्ने, काटने वा मास्ने काम गरेकाले यसै प्रसंगमा ठाउँको नाम ‘बाघलुञ’ वा ‘ब्याघलु’ हुदै पछी अपभ्रम्श भएर बागलु्रङ रहन गएको भनाई रहदै आएको छ । यसै प्रसंगमा ठाउँको नाम ‘बाघलुञ’ वा ‘ब्याघलु’ हुदै पछी अपभ्रम्श भएर बागलु्रङ रहन गएको भनाई रहदै आएको छ ।

जनसख्याः
जिल्लाको कुल जनसख्याः २६८६१३
महिलाः ११७९९७
पुरुषः १५०६१६
लैंगिक अनुपातः – ७८.3 ( प्रति सय महिलामा पुरुष)
परिवार संख्याः ६१४८२
औसत परिवार सख्याः ४.३७ जना
वाषिर्क जनसंख्या वृद्धी दरः -०.१० प्रतिशत
जनसख्या दोव्वर हुन लाग्ने अवधिः ३१ वर्ष
जनघनत्वः १५१ जना/वर्ग कि.मी
शहरी जनसंख्या प्रतिशतः ७.७५ प्रतिशत
ग्रामिण जनसंख्याः ९२.२५ प्रतिशत

जातिगत वनौटः
ब्राम्हणः १९.५४ क्षेत्रीः १८.७१
मगरः २८.०४ कामी: १५.९७
सार्कीः ५.५५ दमाईः ४.७०
नेवारः १.०७ गुरुङः ०.६९
थकालीः ०.२२ अन्यः ८.१९

पेशागत वनौटः
· कृषिः ७४.३५
· उद्योगः ५.६६
· ब्यापारः ७.५२
· निर्माणः २.७२
· विधुतः ०.४९
· यातायातः ०.९८
· शिक्षाः २.८९
· सार्वजनिक प्रशासन सामाजिक सुरक्षाः २.७८
· अन्यः २.६१

प्रमुख भाषाहरुः
नेपाली, मगर, नेवारी, तामाङ आदी

प्रमुख धर्महरुः
हिन्दुः ८३.६१
वौद्धः १५.२८
किरातः ०.०१
किस्चियनः ०.०९
सिखः ०.०४
इस्लामः ०.१६
अन्यः ०.८१
स्रोतः शाखा तथ्याङ्क कार्यालय, २०६८ वागलुङ

चर्चित स्थानहरु
मनै लठि्ठने प्राकृतिक सुन्दरता त छदै छ, साँस्कृतिक रुपमा पनि बागलुङ जिल्ला उत्तिकै धनी छ । सदरमुकाम बागलुङ बजारमै रहेको कालीका भगवती मन्दिर हिन्दु संस्कार अनुसार महत्वपूर्ण धार्मिक स्थल हो । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्ष यसै जिल्लामा पर्छ । गाजा दह, संसारकोट, भकुण्डे धुरी, हाडीकोट धुरी, पञ्जाकोट धुरी, चमेरे गुफा, रामकोट, घुम्टेको लेक लगायतका स्थान पर्यटकका लागि आर्कषण केन्द्र बनेका छन् । प्रचार प्रसार र ब्यबस्थापनमा जोड दिन सके यि क्षेत्रमा ब्यबसायिक पर्यटनको विकास हुन सक्ने संभावना प्रशस्त छन् ।

धार्मिक स्थलहरुः
· प्रसिद्ध कालीका भगवति मन्दिर, बागलुङ बजार
· भैरवस्थान मन्दिर, अमलाचौर
· जैमिनेश्वर मन्दिर, कुश्मीशेरा
· ढोरपाटनताल बराह मन्दिर, बोवाङ
· रामकोट मन्दिर, विहु
· थन्थापी माई भगवति मन्दिर, सर्कुवा र जैदी गा.वि.स.को माथिल्लो टापु
· देविस्थान मन्दिर, देविस्थान
· शिवालय मन्दिर, तित्याङ
· सत्यवति मन्दिर, बाटाकाचौर
· ज्ञानोदय वुद्ध विहार, वागलुङ नगरपालिका
· नृसिंह भगवती मन्दिर , राजकुत
· जङ्गेस्वर महादेव, निरहेघाट, वानपा
· गणेश मन्दिर, वानपा
· सिद्धेश्वर मन्दिर, घुम्टेको धुरी

प्रमुख पर्यटकीय स्थलहरु
· कालीका भगवति मन्दिर- बानपा
. ढोरपाटन – ३६ कोष उत्तर पश्चिम – वोवाङ गाविस
. गाजा दह – धुरी ) – ७ कोष पश्चिम) – दमेक गाविस
. संसारकोट – ४ कोष उत्तर पश्चिम – बानपा
. भकुण्डे धुरी – २ कोष पश्चिम – भकुण्डे गाविस
. हाडिकोट धुरी – १३ कोष पश्चिम – जैदी गाविस
. पाञ्जाकोट धुरी – ५ कोष पश्चिम – पैंयुपाटा गाविस
. चमेरे गुफा – १६ कोष पश्चिम – ग्वालिचौर गाविस
. रामकोट – ६ कोष पश्चिम- विहाु गाविस
. घुम्टेको लेक – १० कोष पश्चिम – -हरिचौर, पाण्डवखानी र हिल विच )
. शिवधुरी – २८ कोष पश्चिम – रणसिङकिटेनी गाविस र पाण्डवखानी
. लोङाको धुरी – २८ कोष पश्चिम – रणसिङकिटेनी, पाण्डवखानी, मल्म र शिसाखानी गाविस
. भैरवस्थान – ५ कोष दक्षिण – अमलाचौर गाविस
. घोडा बाधे – ६ कोष पश्चिम – विहा गाविस
. फागुनेको धुरी – ३६ कोष पश्चिम – वोवाङ गाविस
. थाप्लेको धुरी – ५ कोष पश्चिम, भिमपोखरा गाविस
. जैमिनेश्वर क्षेत्र – ९ कोष दक्षिण, कुश्मि, विनामारे गाविस

जिल्लाको प्रसिद्ध वस्तुहरु एवं प्राप्त हुने स्थानहरु
क) नेपाली हाते कागज -लोक्ता वाट निर्मित)ः ताराखोला, तमान, वुंगादेभान
ख) बुट्टेनलीः सदरमुकाम, जलजला, अमरभुमी
ग) राडीपाखीः पाण्डवखानी, वुंगादोभान, निसी र रणसिंहकिटेनी
घ) स्लेट ढुङ्गाः तारा, अर्गल, अमरभुमी, नरेठाटी, हरिचौर, जैदी -व्याडथला )रेश, नीसि, मल्म समेत
ङ) कार्भिङ ढुङ्गाः कुश्मीशेरा, अमलाचौर लगायत गाविसका स्थानहरु

व्यापारीक महत्वका ठाउहरु
· वागलुङ वजार, वानपा
· खर्वाङ वजार, दगातुन्डाडा गाविस
· शेरा वजार कुश्मीशेरा गाविस
· खार वजार, ग्वालीचौर गाविस
· भिमगिंठे वजार भिमगिठे गाविस
· वुर्तिबाङ वजार , वुर्तिवाङ गाविस
· हटिया वजार, हटिया गाविस
· हरिचौर वजार, हरिचौर गाविस
· रिजाल चोक, विहा गाविस
· वरेङ वजार, हुग्दीशिर र धुल्लुवास्कोट गाविस
· खाल वजार, भिमगिठे गाविस
· हटिया वजार, विहु गाविस

प्राकृतिक स्रोत
जिल्लाको सबैभन्दा उचाइमा र सबैभन्दा कम उचाइमा रहेको स्थानः
सबैभन्दा कम उचाइमा रहेको स्थानः खर्वाङ (समुद्री सतह देखि ६०० मी.) – दगातुन्डांडा गाविस
सबैभन्दा बढी उचाइमा रहेको स्थानः ढोरपाटन (समुद्री सतह देखि ४६९० मी.) – बोबाङ गाविस फागुणे धुरी

जिल्लामा पाईने प्रमुख जडिबुटीः
आकासवेली, चिराइतो,जटामसी, यार्चागुम्बा, तालिसपत्र, सतुवा, अमला, विषम, पदमचाल, चुल्ठे, गोकुलधुप, काकुली जरा, मजिठो, झ्याऊ लगायत वहत्तर प्रजाती पहिचान भएका छन् ।

सम्भावित मुख्य खनिज पदार्थः
तामा, फलाम, सिसा, सुन र अभ्रक

कृषि
कृषि सेवा:
१ जिल्ला कृषि विकास कार्यालय, वानपा २ आवारेड
२ कृषि सेवा केन्द्र, विहा, हरिचौर, खर्वाङ,वुर्तिवाङ, कुस्मीशेरा, हुग्दीशिर
३ कृषि उ.सेवा केन्द्र ( सम्पर्क कार्यालय ), नारायण स्थान , वेलवगर र वानपा

मुख्य कृषि उत्पादनः
खाद्यान्न तर्फः धान, गहु, कोदा, फापर, जौ, मकै र आलु
फलफूल तर्फः सुन्तला, केरा, अम्वा, स्याउ आदी
तरकारी तर्फः रायो, वन्दा, गोपी, सिमी, भटमास, केराऊ, वोडी आदी ।
श्रोतः जिल्ला कृषि विकास कार्यालय , बागलुङ

हावापानी
बागलुङ जिल्लाको हावापानी निम्न प्रकारको रहेको छ ।
क) उपोष्ण
ख) समशितोष्ण
ग) ठण्डा शितोष्ण
घ) लेकाली
ङ) हिमाली
वाषिर्क सरदर वर्षाः २२०० मि.लि.
न्यूनतम वर्षाः १०.९ मि.लि.
अधिकतम तापक्रमः ३७.५ डिग्री सेल्सियस
न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस


Skip to toolbar