
बागलुङ जिल्ला बडिगाड गाँउपालिका वडा नं. २ मा सेवाग्रहीलाई VERSP-MIS Online System बाट घटना (विवाह र मृत्यू) दर्ता गरी प्रमाण पत्र वितरण गर्दै र अन्य वडाहरुमा पनि छिट्टै VERSP-MIS Online System सञ्चालन गर्ने प्रतिवद्धताका साथ बागलुङ जिल्ला वडिगाड गाँउपालिका स्थित खर्वाङ मा आयोजित ४ दिने VERSP-MIS तालिम सम्पन्न भएको छ ।
व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यावस्थापन सुचना प्रणालीमा लैजाने सरकारी कार्यक्रम अनुसार नै घटना दर्ता अनलाईन मार्फत सुरु गरिएको वडिगाड गाँउपालिका वडा नं. २ का वडा अध्यक्ष विष्णु प्रसाद भुसालले जानकारी दिए । अध्यक्ष भुसालले सुचना प्रणालीको प्रयोगले काममा छरितो र सरलता हुने वताए ।
यस्तै जिल्ला समन्वय समिति बागलुङको आयोजनामा खर्वाङमा सञ्चालित व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यावस्थापन सुचना प्रणाली संचालन सम्वन्धि तालिम सम्पन्न भएको छ । चार दिन सम्म चलेको तालिममा बागलुङ जिल्ला भित्रका वडा सचिवहरुको सहभागिता रहेको थियो । तालिममा जिल्ला समन्वय समितिका सुचना प्रविधि अधिकृत शंकर थापा र ना.सु. मिन वहादुर थापाले सहजिकरण गरेका थिए ।
बागलुङमा जेष्ठ १५ गते देखि नै व्याक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यावस्थापन सुचना प्रणाली सुरु गर्ने भनिए पनि अधिकाशं वडाहरुमा सुरु हुन सकेको छ्रैन । दक्ष जनशक्ति, भौगोलिक विकटता तथा इन्टरनेटको सहज पहुँच नहुँदा समयमै सेवा सुरु गर्न नसकिएको जिल्ला समन्वय समिति अन्तर्गत पञ्जिकरण शाखाका मिन वहादुर थापाले जानकारी दिए ।
जिल्लामा बागलुङ नगरपालिको वडा नं. ३ र बडीगाड गाउँपालिका वडा नं. २ र ४ मा मात्रै यो सेवा सुरु गरिएको छ । वडीगाड गाउँपालिकाको वडा नं. ४ मा एक वर्ष पहिले नै अनलाईन सेवा सुरु भएपनि जिल्लाको अन्य क्षेत्रमा बल्ल सुरु गर्न तयारी गरिएको हो । यद्यपी जिल्लाभर अनलाईन सेवा सुरु गर्न अझै केहि समय लाग्न सक्ने देखिएको छ।