27 Jul, 2026, Mon ddc.baglung@gmail.com (+977)-068-520144 ,068-522556 ,068-520405
Latest News:
/ सूचना/समाचार

वार्षिक समिक्षा गोष्ठी सम्पन्न ।

व्यवस्थापन शाखा 4 September, 2025, Thursday, 12:04:45

जिल्ला समन्वय समिति बागलुङको आयोजनामा मिति २०८२ साल भदौ १६, १७ र १८ गते बार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ । जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापाको अध्यक्षता, पूर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवं प्रतिनिधि सभा सदस्य माननीय देवेन्द्र पौडेलको प्रमुख आतिथ्यता, जिल्ला समन्वय समितिका उपप्रमुख होमनाथ शर्माको स्वागत तथा स्थानीय तहका प्रमुख, सरकारी कार्यालयका प्रमुख, गैर सरकारी संस्थाका प्रमुख लगायत पत्रकारहरुको सहभागीता, जिल्ला समन्वय अधिकारी कृष्णराज गौतमको सहजिकरण र नायब सुब्बा दुर्गा प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा आ.ब.०८१/०८२ मा जिल्लामा स्थानीय तह, सरकारी कार्यालय र गैरसरकारी संस्थाहरुले सञ्चालन गरेको योजना तथा कार्यक्रमको प्रगतीको अवस्था, आइपरेका समस्या र चुनौतीहरुका वारेमा प्रस्तुतीकरण पश्चात छलफल भै सुझावहरु दिइएको थियो ।कार्यक्रममा प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य माननीय देवेन्द्र पौडेल प्रदेश सभा सदस्य कुशुम बुढा पुन दिपेन्द्र बहादुर थापा डिल्ली राम सुवेदी   काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेज बहादुर थापा प्रमुख जिल्ला अधिकारी कुमान सिँह गुरुङ र जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुनले बोल्नु भएको थियो ।


Your Device Cannot read PDF. Click to View

Download Attached File :


क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति फाईल साईज सम्बन्धित फाईल एक्सन
१. वार्षिक समिक्षा गोष्ठी सम्पन्न । २०८२ भाद्र १९ गते बिहीबार 7.66 MB

More News / Notices

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८३ श्रावण ११ गते सोमबार