16 Dec, 2025, Tue ddc.baglung@gmail.com (+९७७)-०६८-५२०१४४
समाचार:
/ सूचना/समाचार

जिल्ला स्थित गैर सरकारी संस्थाहरु र जिल्ला समन्वय समिति बीच समन्वय बैठक सम्पन्न ।

व्यवस्थापन शाखा २०८२ मंसिर २९ गते सोमबार १२:१७:२६ बजे

२०८२ मंसिर २४ गते जिल्ला स्थित गैर सरकारी संस्थाहरु र जिल्ला समन्वय समिति बीच समन्वय बैठक सम्पन्न भएको छ। जिल्ला समन्वय समिति बागलुङका प्रमुख श्री अमर बहादुर थापाज्यूको अध्यक्षतामा भएको बैठकमा गैरसरकारी संस्थाहरुले चालु आ.ब.को प्रथम चौमासिक प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो । सो बैठकमा भएका निर्णयहरु यस प्रकार छन ।

निर्णय नं.१

बागलुङ जिल्लामा क्रियाशिल गैर सरकारी संघ/संस्थाहरुबाट यस चालु आ.ब.०८२/०८३ मा संचालन गरिने योजना तथा कार्यक्रमहरु र कार्यान्वयनको अवस्थाका सम्बन्धमा छलफल भयो ।

निर्णय नं.२

चालु आ.ब.०८२/०८३ मा यस बागलुङ जिल्लामा सञ्चालन हुने गैर सरकारी संघ/ संस्थाहरुको वार्षिक योजना/ कार्यक्रमहरुको सुची सम्बन्धित स्थानीय तह र जिल्ला समन्वय समितिमा उपलब्ध गराउने ।


निर्णय नं.३

संचालित योजना तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनको लागि सम्वन्धित गैर सरकारी संस्था, स्थानीय तह र जिल्ला समन्वय समितिबाट संयुक्त अनुगमन गर्ने र सोको व्यवस्था सम्बन्धित संस्थाबाट मिलाउने ।

निर्णय नं.४

संस्थाद्वारा योजना तथा कार्यक्रमहरु संचालन गर्दा कुनै समस्याहरु आई परेमा सम्बन्धित स्थानीय तह र जिल्ला समन्वय समितिले समन्वय र सहजिकरण गर्ने ।

निर्णय नं. ५

आम नागरिकको सूचनाको हकको प्रत्याभूति गर्न र पारदर्शिता कायम राख्न योजना तथा कार्यक्रमहरु कार्यान्वयन स्थलमा योजना होडिङ बोर्ड ( सूचना पाटी ) राख्ने, सार्वजनिक सुनुवाई तथा सार्वजनिक परिक्षण र प्रगति समिक्षा गर्ने ।

निर्णय नं.६

संचालित योजना तथा कार्यक्रमहरुको कार्यान्वयनको प्रगति विवरण चौमासिक र बार्षिक रुपमा सम्वन्धित स्थानीय तह र जिल्ला समन्वय समितिमा उपलब्ध गराउने ।

 


Your Device Cannot read PDF. Click to View

सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :


क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति फाईल साईज सम्बन्धित फाईल एक्सन
१. जिल्ला स्थित गैर सरकारी संस्थाहरु र जिल्ला समन्वय समिति बीच समन्वय बैठक सम्पन्न । २०८२ मंसिर २९ गते सोमबार २.२९ एम.बि.

थप सूचना/समाचार

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८२ मंसिर २९ गते सोमबार