21 Dec, 2024, Sat ddc.baglung@gmail.com (+९७७)-०६८-५२०१४४
/ सूचना/समाचार

अन्तर सरकारी समन्वय बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

जिल्ला समन्वय समिति बाग्लुङ २०८१ कार्तिक १५ गते बिहीबार १२:५८:४३ बजे

जिल्ला समन्वय समिति बागलुङको आयोजनामा २०८१ कार्तिक १३ गते स्थानीय तहहरु,  सङ्घीय तथा प्रदेश कार्यालयहरु बीच पर्देश सभाका माननीय सदस्यहरुको उपस्थितिमा अन्तर  सरकारी समन्वय बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त बैठकमा जिल्ला स्थित स्थानीय तहहरु विकास निर्माण संग सम्बन्धित सङ्घीय तथा प्रदेश कार्यालयहरुले चालु आ.ब.०८१/०८२  हाल सम्मको प्रस्तुतीकरण गर्नुका साथै योजना तथा कार्यक्रम संचालन गर्दा आई पर्ने समस्याहरुका वारेमा छलफल भएको थियो । बैठकमा प्रदेश सभाका माननीय सदस्यहरुले विभिन्न सुझावहरु राख्नु भएको थियो । बैठक जिल्ला समन्वय समिति बागलुङका प्रमुख श्री अमर बहादुर थापाको अध्यक्षता गण्डकी प्रदेश सभाका उप सभामुख माननीय विना कुमारी थापाको प्रमुख आतिथ्यता र शाखा अधिकृत अमित परियारको संचालनमा सम्पन्न भएको थियो । बैठकले विभिन्न समसामयिक विषयमा १२ वटा निर्णयहरु गरेको थियो ।

Your Device Cannot read PDF. Click to View

सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :


क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति फाईल साईज सम्बन्धित फाईल एक्सन
१. अन्तर सरकारी समन्वय बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न । २०८१ कार्तिक १५ गते बिहीबार ३.२२ एम.बि.
© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८१ पौष ३ गते बुधबार