16 Oct, 2025, Thu ddc.baglung@gmail.com (+९७७)-०६८-५२०१४४
समाचार:
/ सूचना/समाचार

स्थानीय तहको असल अभ्यास र सिकाई सम्बन्धी अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न ।

व्यवस्थापन शाखा २०८२ आश्विन ३० गते बिहीबार १६:३७:५५ बजे

जिल्ला समन्वय समिति बागलुङको आयोजनामा बागलुङ जिल्लाका स्थानीय तहहरुको असल अभ्यास र सिकाई सम्बन्धी अनुभव आदान प्रदान कार्यक्रम मिति २०८२ असोज २८ गते  सम्पन्न भएको छ । जिल्ला समन्वय समिति बागलुङका प्रमुख श्री अमर बहादुर थापाज्यूको अध्यक्षता जिल्ला समन्वय अधिकारी कृष्ण राज गौतमको स्वागत तथा स्थानीय तहका प्रमुखहरु र प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता र नायब सुव्वा दुर्गा प्रसाद शर्माको सञ्चालनमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जिल्लाका १० वटै स्थानीय तहको असल अभ्यास तथा सिकाई सम्बन्धी प्रस्तुतिकरण भएको हो । प्रस्तुतिकरणमा स्थानीय तहको समग्र अवस्थाको विवरण,आ.ब.०८१/०८२ को खुद आम्दानी र खर्चको विवरण ,आ.ब.०८१/०८२ को विषयक्षेत्रगत विनियोजन र खर्चको अवस्था , स्वीकृत योजना तथा कार्यक्रमको विवरण,बहुवर्षिय आयोजन तथा कार्यक्रम र समस्याग्रस्त आयोजना को विवरण, आ.ब.०८१/०८२  सम्पादित उल्लेखनिय कार्य र स्थानीय तहले हालसम्म सम्पादित कार्यबाट हाँसिल गरेको अनुकरणिय  एक असल अभ्यासको विस्तृतिकरण प्रस्तुत भएको थियो ।  अनुकरणीय असल अभ्यासमा बागलुङ नगरपालिकाको  नगरको छोरी कार्यक्रम,जैमिनी नगरपालिलकाको  जैमिनीकी छोरी कार्यक्रम , गलकोट नगरपालिको नवपर्वर्तन साझेदारी कोष संचालन,  ढोरपाटन नगरपालिकाको स्वास्थ्य क्षेत्रको Digitalization कार्यक्रम , काठेखोला गाउँपालिकाको स्थानीय गोरु संरक्षण कार्यक्रम,बरेङ गाउँपालिकाको स्थानीय डल्ले खुर्सानी र वेसार उत्पादन कार्यक्रम ताराखोला गाउँपालिकाको श्रम रोजगार बैङक को स्थापना र सञ्चालन बडिगाड गाउँपालिकाकोसेवा प्रवाहमा सुचना प्रविधि र AI को प्रयोगको आन्तरिकीकरण ,निसीखोला गाउँपालिकाको स्थानीय पाठ्यपुस्तक गेमी निसिखोलाको सुरुवात तमानखोला गाउँपालिकाको खहरे/ठाडो खोलामा कल्भर्ट निर्माण ,कार्यक्रममा स्थानीय तहका अनुभव र सिकाईहरुको आदान प्रदान भएको थियो । 

Your Device Cannot read PDF. Click to View

सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :


क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति फाईल साईज सम्बन्धित फाईल एक्सन
१. स्थानीय तहको असल अभ्यास र सिकाई सम्बन्धी अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न । २०८२ आश्विन ३० गते बिहीबार ५.९१ एम.बि.

थप सूचना/समाचार

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८२ आश्विन ३० गते बिहीबार