जिल्ला समन्वय समिति बागलुङको आयोजनामा मिति २०८३ साल असोज २१, २२ र २३ गते वार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ । जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापा ज्यूको अध्यक्षता, प्रतिनिधि सभा सदस्य माननीय सोम शर्माको प्रमुख आतिथ्यता, जिल्ला समन्वय समितिका उपप्रमुख होमनाथ शर्माको स्वागत तथा स्थानीय तहका प्रमुख, सरकारी कार्यालयका प्रमुख, गैर सरकारी संस्थाका प्रमुख लगायत पत्रकारहरुको सहभागीता, जिल्ला समन्वय अधिकारी अर्जुन शर्माको सहजिकरण र नायब सुब्बा दुर्गा प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा आ.ब.०८२/०८३ मा जिल्लामा स्थानीय तह, सङ्घीय तथा प्रादेशिक कार्यालय र गैरसरकारी संस्थाहरुले सञ्चालन गरेको विकास निर्माण योजना तथा कार्यक्रमको प्रगतिको अवस्था, आइपरेका समस्या र चुनौतीहरुका वारेमा प्रस्तुतीकरण पश्चात छलफल भै सुझावहरु दिइएको थियो ।कार्यक्रममा प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य माननीय सोम शर्मा, गण्डकी प्रदेश सभाका उपसभामुख विना कुमारी थापा, प्रदेश सभा सदस्य दिपेन्द्र बहादुर थापा, काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेज बहादुर थापा, बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य, जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुन गैर सरकारी संस्था महासंघ बागलुङका अध्यक्ष मुक्तिराम सापकोटाले बोल्नु भएको थियो ।